प्युठानमा दुई पालिका अध्यक्षसहित १४ जनाले दिए पदवाट राजीनामा


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख ९ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्युठान,वैशाख ९ । चुनाव लड्न प्युठानका जनप्रतिनिधीहरुले राजीनामा दिन थालेका छन। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा चुनाब लड्न पार्टीले टिकट दिने पक्काभएपछी उम्मेदवारी दिन जनप्रतिनिधीहरुले राजिनामा दिएका हुन ।

सरुमारानी गाउँपालिका अध्यक्ष झग वहादुर विश्वकर्मा र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले पदवाट राजीनामा दिनुभएको हो । विश्वकर्मा नेकपा एमाले प्यूठानका जिल्ला उपाध्यक्ष र गिरी नेपाली कांग्रेसका सभापती हुन ।
उहाहरुले पालिका उपाध्यक्षलाई राजीनामा पत्र बुझाउनुभयो।
सरुमारानीमा पालिका अध्यक्ष विश्वकर्मासहित ३ जना वडाअध्यक्ष र ५ जना वडासदस्यले राजिनामा दिनुभयो।
विश्वकर्मालाई नेकपा एमालेले सरुमारानी पालिकामा अध्यक्ष उठाउने भएको छ। सरुमारानीमा गठबन्धनले काँग्रेसलाई अध्यक्ष दिएको छ। उनले गठबन्धनका संयुक्त उम्मेदवार मुकुन्दराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन्। सरुमारानीमा अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा एमालेले जितेको थियो। त्यस्तै, २ वटा वडा कांग्रेस र माओबादी केन्द्रको पोल्टामा परेको थियो।

त्यस्तै, प्युठान नगरपालिकामा दुई वडाअध्यक्ष र दुई जना वडा सदस्यले पदबाट राजिनामा दिएका छन । उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web