फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुग्यो


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

मनिला,वैशाख ८ । फिलिपिन्समा उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बिहीबार जनाएको छ ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको सङ्ख्या दुई करोड ८० लाख नाघेको छ । उष्णकटिबंधीय आँधीमा एक लाख ७५ हजारभन्दा बढीले आफ्नो घर छोडेका छन् । अझै पनि ७५ बस्ती विद्युतविहीन छन् ।

अप्रिल ९–१२ मा फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधीले बाढी र झण्डै ९० वटा पहिरो निम्त्याएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web