प्युठान,वैशाख ८ । आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरेर जाने यात्रामा रहेका ५ दलिय गठबन्धन बिच तालमेलमा सकस छ । यिनिहरू बिचको तालमेल र गठबन्धनमा लय सुर मिल्न सकेको छैन । निर्वाचनका लागि केन्द्र सरकारमा रहेका सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादि केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादि र जनता समाजवादि पार्टि बिच गठबन्धन कार्यान्वयना सकस बन्दै गएको छ ।
बैशाक ३० का लागि निर्वाचनको मिति घोषणा भएसंगै नेकपा एमालेका बिरूद्द यी ५ दल गठबन्धन गरेर जाने भनेपनि प्युठानमा एकले अर्को दललाई अस्थित्व स्विकार गर्न नसक्दा ५ दलिय तालमेलको संयुक्त बैठक निष्कर्ष बिहिन छन । पटक पटक बसेको बैठकमा सबै दलले आफ्नो पार्टिलाई अरू दल भन्दा कमजोर नदेख्दा समस्या उत्पन्न छ ।
कम्युनिष्ट धारको प्रमुख शक्ति एमालेलाई बाइपास गर्दै नेपाली कांग्रेससंग गठबन्धन गर्न हौसिएका राजमो, माओवादि केन्द्र, समाजवादि लगायतका दलहरू बिचको तालमेल अर्थहिन जस्तै बनेका छन । तालमेलका लागि दलका नेताहरू मिलेर जान सक्ने अवस्थामा रहेपनि जनस्तरमा कार्यकर्ताहरू त्यसको बिपरित छन ।
जिवनभर आफू आवद्द पार्टिको झण्डा बोक्नुपर्ने र निर्वाचनमा बिपक्षी पार्टिलाई मतदान गर्न स्थानीय कार्यकर्ता मञ्जुर छैनन । यसैकारण नेताहरू बिचको बैठक निष्कर्षमा पुगेको छैन । पछिल्लो पटक ७ गते संयुक्त बैठक बसेपनि आज ८ गते पुन बैठक बस्ने गरि बिना निष्कर्ष सकियो ।
प्युठानमा क्रियासिल दलहरू २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाहरू राजमो र कांग्रेस छोड्न तयार छैनन भने गठबन्धनमा आवद्द माओवादि केन्द्र र समाजवादिले अस्थित्व अनुसार भागवण्डा मिलाउनुपर्ने अडानमा छन । प्युठान जिल्लामा प्राय सबै दलहरू र दलका कार्यकर्ता राजमोको शैलिप्रति बिगत लामो समयदेखि चिडिएको महसुस गर्छन ।
राजमो बाहेकको गठबन्धन गर्न सबै अन्य दल मिल्न सक्ने अवस्था रहेपनि केन्द्रीय तहबाट गठबन्धन कार्यान्वयनमा प्रहार हुदा यहाँ कठिनाई भइरहेको छ । गठबन्धन कार्यान्वयन हुन नसक्नुमा दुई ध्रुर्व रहेका कांग्रेस राजमोको मिलन हुन नसक्नु हो । कांग्रेस प्युठानको केही महिना पहिले भएको जिल्ला पार्टि सभापति निर्वाचनको असर यो गठबन्भनमा घुसेको छ।
जिल्ला स्तर अनुसार गठन्धन कार्यान्वयन नहुदा गाउपालिका स्तरमा आ-आफ्नै ढंगले गठबन्धन भएका छन । उनिहरूले नेपाली कांग्रेस प्युठानको जिल्ला स्तरको निर्णय पर्खेका छैनन । सत्ता गठबन्धनमा रहेका दलहरूबिच एमालेका बिरूद्दमा सरूमारानि, स्वर्गद्वारि र माण्डवि गाउपालिकामा पालिका स्तरमा तालमेल गरि जाने निर्णय भएको छ ।
नौबहिनि र झिमरूक गाउपालिमा राजमो बाहेकको कांग्रेस र माओवादि बिच तालमेल गरि निर्वाचनमा जाने सहमति भएको छ । ऐरावति गाउपालिमा पद र वडा बाडफांडमा भागवण्डा नमिल्दा आपसि मित्रवत रूपमा निर्वाचनमा जाने सहमति सहित निर्णय सार्वजनिक भएको छ । मल्लरानि गाउपालिकामा पनि राजमो, कांग्रेस र माओवादि केन्द्रबिच सहकार्य गरेर जाने सहमति भएको छ ।