पल शाह प्रकरण: पीडित किशोरीले फेरिन् बयान


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख ४ । जबरजस्ती करणीको मुद्दामा पीडित नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन्। अभिनेता पल शाहविरुद्धको मुद्धामा आफ्नो उजुरी सत्य नभएको बताउँदै नाबालिग गायिकाले बयान फेरेकी हुन्। नाबालिग गायिकाले बयान फेरेपछि यो मुद्दामा ट्वीस्ट आएको छ।

पल शाह पुर्पक्षको लागि थुनामा छन्। आज (आइतबार) जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन्।

उनले यसअघिको बयान आफ्नो नभई प्रहरीले आफैँले लेखेको आरोप लगाएकी पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीले बताइन्। अभिनेता पल शाहले आफूमाथि केही नगरेको तर अरूको अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको पीडित किशोरीले बताएकी छिन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web