स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौ,बैशाख ४ । स्थानीय तहको बाँडफाँट गर्ने जिम्मा कार्यदललाई दिइएको छ । स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने  सहमति गरेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय तहको बाँडफाँटबारे निर्णय गर्न कार्यदललाई जिम्मेवारी दिएको हो ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । 
आइबार नै कार्यदलको बैठकले  पदहरुको बाँडफाँट गर्ने भन्ने कुराकानी भएको छ ।

 दिउँसो १ बजेपछि कार्यदलको बैठक बस्ने तय भएको छ। गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा अब कार्यदलले नै लगातार काम गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web