महोत्तरी,बैशाख ३ । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा शुक्रबार राति एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने ५९ वर्षीया जिवशीदेवी साह शुक्रबार बेलुका ५ बजे घाँस काट्न वनमा गएकी थिइन् ।
रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन्। राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ ।