बस दुर्घटनामा दुई जनाको मृत्यु


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख २ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

पाल्पा,वैशाख २ । पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो । लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । दुर्घटना घाइते भएका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web