प्यूठानका पोखरेल लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणमा नियुक्त


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख २ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

दाङ,वैशाख २ । लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविलाल पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई चैत २५ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नब नियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठान जिल्ला ओखरकोट निवासी हुनुहुन्छ । उहाँ लामो समयमा सरकारको यस क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

उहाँको शुक्रबार पदको सपथ ग्रहण पनि गर्नुभएको छ। सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश राजधानी निर्माण प्रदेश सरकारको पहिलो योजना भएकोले गर्दा त्यसलाई आगामी दिनमा पूर्णता दिनका लागि प्रमुख कार्यकारी निर्देशक पोख्रेललाई निर्देशन दिनुभयो ।

उहाँले लुम्बिनी प्रदेशका राजधानी निर्माणका लगायत लुम्बिनी प्रदेशको निर्माणको क्षेत्रमा अब्बल सावित हुनका लागि अनुरोध गर्नुभएको थियो ।  प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि नयाँ निर्देशकमा पोखरेल नियुक्त हुनुभएको हो। सपथ ग्रहणमा निर्देशक पोख्रेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web