नुवाकोट,वैशाख २ । नुवाकोट जिल्लाको शिवपुरी गाउँमा नेपाली काङ्ग्रेसको तर्फबाट बनेका लालबहादुर तामाङले राजनिति प्रतिस्पर्धाका लागि नभइ विकासका लागि हुनुपर्ने बताएका छन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा शुक्रबार आयोजित रेस्लिङ प्रतिस्पर्धा कार्यक्रममा साझापथसंगको कुराकानीमा उम्मेदवार तामाङले राजनितिलाई विकाससँग जोडनुपर्ने बताएका हुन् ।
गाउँपालिकामा आफ्नो पार्टीको संजाल बलियो भएको बताएका छन् । अघिल्लो निर्वाचनमा देखिएको मतपरिणाम र आफु पूर्व वडाध्यक्ष समेत रहेका कारण टिकट पाउन आफु योग्य भएको बताए ।
थुप्रै सम्भावना रहेर पनि विकास निर्माणाका काम ५ वर्षको छोटो समयावधिमा सबै योजना पुरा गर्न नसकेको बताए । यद्यपि शिवपुरीमा खेलकुदजन्य प्रतियोगिता, शैक्षिक पक्ष, किसानको उद्योमी क्षेत्र सुधारमा महत्त्वपूर्ण भूमिका निभाएको तामाङको भनाइ छ । ‘आधारभूत विकास निर्माणका काम भएमा शहर केन्द्रित बसाइँसराइ रोक्न सकिन्छ ।’ उनले भने ।
गाउँपालिकाकाको अध्यक्ष पदमा दावेदार तामाङले भने, “शिक्षा, स्वास्थ्य र रोजगारी भएमा सहर केन्द्रित जनसंख्या गाउँघरमै बस्ने उनको तर्क छ । देशको विभिन्न भूभागमा बसाइँसराइ हुदैन् ।” आन्तरिक रोजगारी सिर्जनामा टेवा पुग्ने उनको जोड छ । रोजगारी सिर्जनाका लागि आफ्ना थुप्रै योजना रहेको तामाङले बताए । अन्यत्र जिल्लासँग नजिकको दुरीमा मध्य पहाडी लोक मार्गले छोएको शिवपुरी गाउँपालिका सडकका कारण आवतजावतमा दिन बित्ने समस्यालाई अन्त्य गरेर काठमाडौंबाट एक डेढ घण्टामा नुवाकोटको सदरमुकाम बिदुरसम्म पुग्नेगरि सडक संजाल बिस्तार गर्नुपर्नेमा आफु केन्द्रित रहेको उनले बताए ।
भ्रमणको शिलसिलामा नेपालका बिभिन्न ठाउँ पुगेका तामाङले सो अनुभव शिवपुरीमा प्रयोग गर्ने बताए । उनले पालिकाभित्र कसरी विकास गर्नु पर्छ भन्ने त्यो मोडल नै आफुसँग रहेको बताए ।
आफु पालिकामा निर्वाचित भएपछि अघिल्ला जनप्रतिनिधिले सुरु गरेका क्रमगत योजना पुरा, स्वास्थ्य, शिक्षा क्षेत्रको परिवर्तन र आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै पालिकाबासीको आधारभूत आवश्यकतालाई पु्रा गर्न नै आफु खुल्ला राजनितिमा आएको तामाङले बताए ।
आफु गाउँपालिकमा बिजयी भएपछि त्यो सम्भव हुने उनको प्रतिक्रिया छ । सदरमुकाम बिदुरसम्म पुग्न र राजधानी काठमाडौंबीच ब्यापारिक रुपमा आवतजावत गराउन गाउँमा समेत सुविधा सम्पन्न होटल र सडकको बिस्तार मुख्य रहेको उनले बताए । प्रकृतिले दिएको सुन्दर समुन्द्रादेवी मन्दिर, ललाखु देखि सबै वडामा सम्भावित ठाउँलाई विकासबाट पछाडि पारिएकोले त्यस्ता क्षेत्रलाई पुन आफ्नो उम्मेदवारी रहेको बताए ।
स्थानीय चुनाबमा दल भन्दा ब्यक्तिलाई छान्ने भएका कारण अन्य दलका कार्यकर्ताले पनि आफूलाई मत हाल्नेमा ढुक्क रहेको बताउँदै सचेत नागरिकले आफूलाई रोज्ने तामाङको दाबी छ । उनले राजनीतिगत रुपमा जीवनभर पार्टीलाई ठूलो योगदान पुर्याएको स्मरण गरे। उमेरले ४५ वर्षीय तामाङ शिवपुरी पालिका वडा नम्बर ६ खोलेगाउका स्थायी बासिन्दा समेत हुन् ।