राप्रपा नेपाल सूर्य चिह्नमा चुनाव लड्ने


  • दिव्यदर्शन
  • बुधबार, चैत्र ३० २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत ३० । कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर उठ्ने भएको छ । बुधबार थापाथलीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमति भएको हो ।

आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।

दुई पार्टीले गरेको सहमतिपत्रमा भनिएको छ, ुराष्ट्रिय प्रजातन्त्र नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने। निजहरू निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने । बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालगायतका दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web