प्युठानमा चुनावी तालमेल गर्न गठबन्धन सहमत


  • दिव्यदर्शन
  • सोमबार, चैत्र २८ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्युठान। प्युठानमा स्थानीय तह निर्वाचनमा तालमेल गर्न  सत्तारुढ गठबन्धनबीच सहमति भएको छ । सोमबार वसेको पाच दलको बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेका हुन। नेकपा एकिकृत समाजबादी प्युठानका अध्यक्ष भोजबिक्रम बुढा मगरले जिल्लाका ९ स्थानीय तह, ६४ वटै वडा र जिल्ला समन्वय समितिमा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाले भन्नुभयो,’ चुनावी तालमेल गर्न सतासाझेदार सबै दल सहमत भएका छौँ।’

यद्धपी पद बाडफाड भने भई नसकेको अध्यक्ष बुढामगरले सुनाउनुभयो। बैठकले पाँच दलको केन्द्र र प्रदेशको निर्देशन अनुसार स्थानीयस्तरमा गठबन्धनबिच आपसी समझदारी र सहकार्य साथ अघि बढ्ने बिज्ञप्ती मार्फत जनाईएको छ ।

बैठकमा नेपाली कांग्रेस प्युठानका सभापती बिष्णु कुमार गिरी, नेकपा (माओवादी केन्द्र) प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खड्का,नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष भोजबिक्रम बुढा मगर र जनता समाजवादी पार्टीका अध्यक्ष श्याम गहतराज सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web