एचआईभी संक्रमितलाई मासिक पाच सय पोषणभत्ता


  • दिव्यदर्शन
  • सोमबार, चैत्र २८ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्युठान,चैत २८। प्युठानको ऐरावती गाउँ पालिकाले एचआईभी संक्रमितलाई पोषणभत्ता उपलव्ध गराउदै आएको छ ।

पालिकाभित्र खुलेर देखिएका संक्रमितहरुलाई मासिक ५ सय रुपियाँका दरले पोषण भत्ता दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो।

पालिकाले एचआईभी संक्रमितलाई पोषणको कमी हुन नदिन ६ वटै वडाका २३ जना संक्रमितलाई पोषण भत्ता दिदै आएको हो । स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार एचआइभी संक्रमितलाई आर्थिक बर्षको अन्तिममा पालिकाले एकमुष्ट रकम बैंकिङ प्रणाली मार्फत प्रदान गर्दै आएको छ ।

आर्थिक बर्ष २०७५/०७६ बाट सुरु भएको पोषण भत्ता बितरण कार्यक्रमले एचआइभी संक्रमितहरूलाई उत्साहित बनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताउनुभयो। जिल्ला अस्पताल प्युठानका अनुसार जिल्लामा अहिले १ सय ६ जना एचआईभी संक्रमित रहेका छन् । पछिल्लो समय जिल्लामा चेतनाको स्तर बढेसंगै एचआईभी संक्रमितहरु खुल्न थालेका छन ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web