आजदेखि निर्वाचन आचारसंहिता लागू, प्रधानमन्त्री, मन्त्रीहरू प्रचारप्रसारमा हिँड्न नपाउने


  • दिव्यदर्शन
  • शनिबार, चैत्र २६ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं, चैत २६। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ ।

अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि तथा विभिन्न संघसंस्था र सर्वसाधारण मतदातासमेत अनुशासन र निश्चित सीमामा बस्नुपर्नेछ । २०७९ साल ३० भदौमा स्थानीय तहको निर्वाचन हँुदै छ । सोही निर्वाचन लक्षित गर्दै आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो ।

निर्वाचन आयोगले शुक्रबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको हो । आयोगले शुक्रबार पत्रकार सम्मेलनगर्दै निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि ३ चैतमा आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।

आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दल, व्यक्ति तथा सरकारी निकायलाई बाध्यकारी हुनेगरी निर्वाचन आचारसंहिता लागू गरेको छ । यो आचारसंहिता, प्रधानमन्त्री, मन्त्री, सबै राष्ट्रसेवक कर्मचारी, संवैधानिक निकाय, सबै सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधि र उच्चपदस्थहरूका लागि लागू हुने आयोगले जनाएको छ । साथै सबै संघसंस्था तथा सर्वसाधारण नागरिकले समेत निर्वाचन आचारसंहिता पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web