काठमाडौं,चैत २४ । नुवाकोट शिवपुरीका राजु भण्डारी बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
नेपाल प्रहरीले बैकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीका अनुसार पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय राजु भण्डारी र झापा गौरादह नगरपालिका घर भई हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका ५० वर्षीय उपेन्द्रप्रसाद ढुङ्गाना रहेका छन् ।
पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटनको विसं २०७८ वैशाख २९ गतेको फैसलाले रु सात लाख दुई हजार ५०० जरिवाना र ढुङ्गानालाई उच्च अदालत विराटनगरले विसं २०७८ पुस २२ गते पक्राउ अनुमति दिएको प्रहरीले जनाएको छ ।
पक्राउ भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ र ढुङ्गानालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको प्रहरीले जनाएको छ ।