गुल्मी,चैत २४ । गुल्मी जिल्लाको मालिका गाउँपालिकाले पालिका भित्रका घरधुरीका लागी विद्युतिय घर नम्बर र परिचय पत्र वितरण कार्यको शुभारम्भ गरेको छ । गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँपालिकाको केन्द्र अर्खाबाङ्गबाट डिजिटल परिचयपत्रको शुभारम्भ गरेका हुन् ।
गाउँ गाउँका डिजिटल परिचयपत्रको लागी घरघरमा कर्मचारी खटाएर विवरण संकलन गरिएको छ । गाउँपालिकाले सुचना र प्रविधिमा थुप्रै विकास गरेको र गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको अबस्था बुझ्न यस डिजिटल परिचयपत्रले ठुलो मदत पुग्ने गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए ।
गाउँपालिका द्धारा वितरण गरिएको घर नम्बरमा प्रत्येक घरको ९न्क्ष्क्० प्रविधि मार्फत पालिका भित्रका प्रत्येक घरको डाटा संकलन गरिएको छ । प्रत्येक घरको ९न्+० कोडलाई आधार मानेर विद्युतिय घर नम्बर कायम गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले निर्माण गरेको उक्त विद्युतिय कोड स्क्यान गरी सजिलै आफुले चाहेको घर सम्म पुग्न सकिने छ भने डिजिटल परिचय पत्र मार्फत घर परिवारको व्याक्तिगत विवरण तथा टोल र सम्पर्क र घरको नक्सा हेर्न सकिने गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए । घर घरमा उपलब्ध गराईएको विद्युतीय घर नम्बर वा परिचय पत्र नम्बरको शुभारम्भ गर्नु पहिले गाउँपालिकाले डिजिटल भिलेज प्रोफाईल निर्माण गरिसकेको छ ।
डिजिटल परिचयपत्र मार्फत सम्पुर्ण परिवारको व्याक्तिगत, सामाजिक, आर्थिक, पारिवारिक, घरको भौतिक अवस्था लगाएत २ सय ४६ वटा विवरण, गाउँपालिका विनियोजन गरेको बजेट, योजना तर्जुमा गर्नमा समेत निकै महत्वपुर्ण भूमिका रहने प्रवक्ता गिरीले बताए । डिजिटल नम्बरमा भएका सम्पुर्ण विवरणहरु नियमितरुपमा वडा तथा गाउँपालिकाबाट अध्याबधिक हुने छन् ।