कंगोमा निधन भएका नेपाली सैनिक सुर्खेतका अनिल गुरुङ


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौँ,चैत २३ । कंगोमा निधन भएका नेपाली शान्ति सैनिक सुर्खेतका अनिल गुरुङ रहेको नेपाली सेनाले जनाएको छ ।

अपरेशन ‘बाली’ मा रहेको नेपाली शान्ति सैनिकमाथि कंगोका विद्रोहीले आक्रमण गरेका थिए । आक्रमणमा घाइते सुर्खेतको गुर्भाकोट नगरपालिका- १४ का गुरुङको हिजो निधन भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शान्ति स्थापनामा संलग्न नेपाली शान्ति सैनिक आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएकोमा उनी र उनको परिवारप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web