कोरोना अपडेट: १० जना सङ्क्रमित थपिए, ५७ सङ्क्रमण मुक्त


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २३ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार १४ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ५७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७६५ छ । २४ घण्टामा ५६ हजार ५२७ जनाले खोप लगाएका छन् ।

यसैगरी, काठमाडौं उपत्यका भित्र काठमाडौं जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा सङ्क्रमणको पुष्टि भएको छैन ।

यसैगरी, उपत्यका भित्र पाँच जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा सङ्क्रमणको पुष्टि भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web