नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा सुनिता लामा उम्मेदवार


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,चैत २३ । नुवाकोटको ककनीमा एमालेबाट प्रमुखमा काशिराज अधिकारी र उपप्रमुखमा लजिता लामा ‘सुनिता’ सर्वसम्मत उम्मेदवार चयन भएका छन । बुधबार ककनी डाँडामा भएको गाउँकमिटीको बैठकले सर्वसम्मत रूपमा प्रमुखमा अधिकारी र उपप्रमुखमा लामाको नाम सिफारिस गरेको हो ।

अधिकारी नेकपा एमाले नुवाकोटका उपसचिव पनि हुन । अधिकारी त्यस क्षेत्रका लोकप्रिय नेता हुन । २०५४ सालमा थानसिङ गाविसको अध्यक्षमा विजयी भएका अधिकारीले फेरि २५ वर्षपछि नयाँ इतिहास बनाउने अवसर पाएका छन ।

पेशले लेखापरीक्षक रहेका अधिकारी ककनीमै कृषि कर्ममा पनि सक्रिय छन । लामा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा पनि उपप्रमुखमा एमालेकै तर्फबाट उम्मेदवार रहेकी थिइन । वडाहरूको उम्मेदवार पनि करिब सर्वसम्मत नै भएको एमाले ककनीका नेताले बताएका छन । गाउँपालिका कमिटीले नै सर्वसम्मत उम्मेदवार सिफारिस गरेपछि जिल्ला वा प्रदेश कमिटीले त्यही निर्णय अनुमोदन गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web