प्युठान जिल्ला हाँक्दै महिला सिडिओ


  • दिव्यदर्शन
  • मंगलबार, चैत्र २२ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्युठान,चैत २२ । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठान जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो । गृह मन्त्रालयले हालै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत सुनिता नेपाललाई प्युठानको जिम्मेवारी दिएर पठाएको हो । २०२७ सालदेखि अहिलेसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४१ औ सिडियोको रुपमा सुनिता नेपालले जिम्मेवारी सम्हाल्नुभएको हो ।

अर्घाखाँचीकि बासिन्दा प्रजिअ नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । यस अघि महिला मन्त्रालय र मुस्लिम आयोगमा जिम्मेवारी सम्हालेको अनुभव उहाँसँग छ । प्रजिअ नेपालले कार्यालयमा काम सुरु गरेसंगै कर्मचारीको बैठक बसेर जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरु, दल, पत्रकार र सरोकारवालासंग छलफल र संवाद गरिरहनुभएको छ ।
कामनाडेली संग टेलिफोनमा कुराकानि गर्दै प्रजिअ नेपालले आफूले सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

उहाले कानुनले दिएको बाटोमा अडिक रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web