नयाँ वर्षमा नुवाकोट दुप्चेश्वरमा रेस्लिङ प्रतियोगिता हुने


  • दिव्यदर्शन
  • मंगलबार, चैत्र २२ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २२ । नयाँ वर्षमा नुवाकोट दुप्चेश्वरमा रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराइएको हो । नुवाकोटको चर्चित धार्मिक क्षेत्र दुप्चेश्वरमा दोस्रो आरडब्लू प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, दुप्पी ग्याङ, जोन, सिजे वर्ल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

१२ लाख रुपैया बढी खर्च हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा गराइने छ । हेभि वेट विधाको विजेताले ८५ हजार, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल पेट विजेताले ४५ हजार प्राप्त गर्नेछन् । त्यस्तै ट्याग टिम विजेताले ६० हजार, लाइटवेट (महिला) विजेताले ४० हजार रुपैयाँ र बेल्ट प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web