सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


  • दिव्यदर्शन
  • मंगलबार, चैत्र २२ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

सल्यान,चैत २२। सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण ओलीको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का एक सामान्य घाइते छन् ।

दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । उक्त जीपका चालक २१ वर्षका थलराज ओली हुन् । दुर्घटनामा उनी पनि घाइते छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web