सोलुखुम्बु,चैत २१ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ३ बाट एक गर्भवति महिलाको उद्धार गरिएको छ ।
प्रसव व्यथाका कारण अवस्था जटिल बन्दैगएपछि स्थानिय मिङ्माफुटी शेर्पालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाकाअनुसार पासाङल्हामु निकोलनिकी अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा महिलाको उद्धार गरिएको हो ।