गाडी भाडा १५ प्रतिशतले बढ्यो


  • दिव्यदर्शन
  • आइतबार, चैत्र २० २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २० । सरकारले लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा दर कायम गर्दै यात्रुबाहक सवारीको भाडा दर १० प्रतिशतले बढाएको हो ।

विभागका अनुसार मालवाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यातायात विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा अथवा घटेमा बैज्ञानिक भाडा समायाेजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था लागु हुने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web