रुपन्देहीमा पाँच दलीय गठबन्धन हुने, जिल्लास्तरीय संयन्त्र निर्माण


  • दिव्यदर्शन
  • शनिबार, चैत्र १९ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

भैरहवा,चैत १९ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा चुुनावी तालमेल आवश्यक रहेको ठहर गरेका छन् । नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सयोजकत्वमा नेकपा माओबादी केन्द्रका जिल्ला सयोंजक नारायण जिसी, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजबादीका अध्यक्ष राजुु गुुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको ससमिती गठन गरेको छ ।

उक्त समितीले आगामी स्थानीय तहको निर्वाचनकामा जिल्लाको बस्तुु स्थिति बुुझी केन्द्रलाई सुुझाव पठाउने छ । जिल्लामा आवश्यक रणनीति तय गर्ने छ । संयन्त्रले आ आफ्नो पार्टीको स्थानीय तहमा बस्तुु स्तिथि बुुझी यही चैत २२ गते थप छलफल गर्ने छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाण, उपसभापति थानेश्वर घिमिरे, शुुसिल गुरुङ्ग, माओबादी केन्द्रका जिल्ला ईन्चार्ज हकिकुल्ला खाँ, जनता समाजबादीका अध्यक्ष रामअवतार यादव, केन्दीय सदस्य देवेन्द्र पाण्डे, एकीकृत समाजबादीका ईन्चार्ज सिद्धीचरण भट्टराई, माओबादी केन्द्रका सोनीया यादवलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web