नयाँ दिल्लीमा भारतीय विदेशमन्त्रीले भेटे प्रधानमन्त्री देउवालाई


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र १८ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

नयाँदिल्ली,चैत १८ । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग जयशंकरले नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा शुक्रबार भेटवार्ता गरेका हुन् । भ्रमणका क्रममा नयाँ दिल्ली पुगेलगत्तै देउवाले सुरूमै जयशंकरलाई भेटेका हुन्।

यस्तै प्रधानमन्त्री देउवाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले नयाँ दिल्लीको दीनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेर अध्यक्ष नड्डासँग भेटवार्ता गरेका हुन्।भाजपा मुख्यालय पुगेका देउवालाई अध्यक्ष नड्डाले फूलको गुच्छा दिएर स्वागत गरेका थिए। देउवा तीन दिवसीय भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका छन्।

भ्रमणका क्रममा उनको भारतका उपराष्ट्रपति बेयन्का नायडु, समकक्षी नरेन्द्र मोदी, भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । शनिबार दिउँसो दिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीबीच भेटवार्ता हुने बताइएको छ।

आइतबार स्वेदश फर्किनुअघि प्रधानमन्त्री देउवाको उत्तर प्रदेशको बनारस जाने कार्यक्रम छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web