गजुरी ६ मा TB खोजपड्ताल कार्यक्रम,२ सय ०६ जना लाभान्वित


  • दिव्यदर्शन
  • शनिबार, चैत्र १४ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
धादिङको गजुरी गाउँपालिका ६ मा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित एक महत्वपूर्ण कार्यक्रमले स्थानीयमा सकारात्मक सन्देश फैलाएको छ। गजुरी गाउँपालिकाको सहकार्य तथा Japan Nepal Health and TB Research Association सँगको समन्वयमा वडा नम्बर ६ स्थित भानुभक्त माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

उक्त शिविरमा आधुनिक AI प्रविधिबाट छातीको X-Ray परीक्षण गरी क्षयरोग TB को प्रारम्भिक खोजपड्ताल गरिएको थियो। कार्यक्रममा २ सय ०६ जना स्थानीय बासिन्दाले सेवा लिएका थिए।

ग्रामीण क्षेत्रमा क्षयरोग जस्तो गम्भीर रोगको समयमै पहिचान गर्न यस प्रकारका शिविरहरू अत्यन्त उपयोगी हुने वडा नं.६ का वडा अध्यक्ष भक्त बहादुर तामाङको भनाइ छ। त्यस्तै उहाँले निःशुल्क सेवा र नयाँ प्रविधिको प्रयोगले स्थानीयमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै रोगको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रविधिमैत्री परीक्षण विधिका कारण छिटो, सहज र प्रभावकारी रुपमा स्वास्थ्य परीक्षण गर्न सम्भव भएको सहभागीहरूले बताएका छन्।

गाउँपालिकाको सक्रियता र सम्बन्धित संस्थाको सहकार्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। यस प्रकारका पहलहरूले “स्वस्थ समुदाय, समृद्ध गाउँ” निर्माणतर्फ महत्वपूर्ण कदमको रुपमा लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web