धादिङ जिल्ला अदालतमा ६७ प्रतिशत मुद्दा फर्छ्योट, ४९९ मुद्दा अझै बाँकी


  • दिव्यदर्शन
  • शुक्रबार, असार १९ २०८३
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ जिल्ला अदालतले आर्थिक वर्ष २०८२र०८३ को असार १८ गतेसम्म ६७ प्रतिशत मुद्दा फर्छ्योट गरेको जनाएको छ। अदालतले सार्वजनिक गरेको प्रगति विवरणअनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३२५ र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९१ गरी कुल १ हजार ५१६ मुद्दामध्ये १ हजार १७ वटा मुद्दा फर्छ्योट भएका छन् भने ४९९ मुद्दा विचाराधीन रहेका छन्। वार्षिक कार्ययोजनाअनुसार अदालतले यस वर्ष ७५ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको छ।

अदालतका अनुसार विचाराधीन मुद्दामध्ये ३७९ वटा सरल मार्ग ९६ महिनाभित्र०, ७६ वटा सामान्य मार्ग ९६–१२ महिनाभित्र०, ४२ वटा विशेष मार्ग ९एक वर्षभन्दा माथिका० र ३ वटा दुई वर्ष नाघेका मुद्दा रहेका छन्। दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका ६५३ मुद्दा रहेका छन्, जसमध्ये ५५२ वटा फर्छ्योट भई १०१ वटा बाँकी छन्। त्यस्तै लागूऔषधका ५४ मध्ये ४०, करणीसम्बन्धी कसुरका ३७ मध्ये २२, ज्यानसम्बन्धी कसुरका ३० मध्ये २३, सवारी ज्यानका ४३ मध्ये २४, अंश मानाचामलका १४९ मध्ये ८१, घरेलु हिंसाका १४ मध्ये १०, चेक अनादरका २५ मध्ये १५ तथा अन्य शीर्षकका ५११ मध्ये २४९ मुद्दा फर्छ्योट भएका छन्।

फैसला कार्यान्वयनतर्फ कैद सम्बन्धी ४३७ मुद्दामध्ये २५६ वटा फर्छ्योट भई १८१ वटा बाँकी रहेका छन्। त्यसैगरी जरिवानातर्फ करिब ३६ करोड ८५ लाख रुपैयाँ दायित्वमध्ये करिब २ करोड ९० लाख रुपैयाँ असुल भएको छ भने करिब ३३ करोड ९४ लाख रुपैयाँ असुल हुन बाँकी रहेको अदालतले जनाएको छ। अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फर्छ्योट दर थप बढाउने प्रयासलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web