मातृ तथा नवजात शिशु सेवाका लागि धादिङ अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक २१ २०८३
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । भोटेकोशी बाढी प्रभावित जिल्लामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन तथा निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले UNFPA संस्थाद्वारा उपलब्ध गराइएका स्वास्थ्य सामग्री धादिङ अस्पताललाई हस्तान्तरण गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभकुमार तामाङसहित रेडक्रसकर्मीहरूले २०८३ साल कात्तिक २१ गते उक्त स्वास्थ्य सामग्री धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. नवीन महासेठलाई हस्तान्तरण गरेका हुन्।

बाढी तथा विपद्का कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षासँग सम्बन्धित सेवाहरू नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

UNFPA को सहयोगमा उपलब्ध गराइएका स्वास्थ्य सामग्रीले विपद्को समयमा समेत गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन थप सहजता पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web