धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ३ मा आज एक विशेष कार्यक्रमका बीच १९ औँ वडा सभा भव्यताका साथ सम्पन्न भएको छ। नेत्रावती डबजोङ गाउँपालिकाको अभियान, जनतामुखी प्रशासन समृद्धि र सुशासनू भन्ने मूल नाराका साथ नेत्राबती डबजोङ गाउँपालिका सभा हलमा उक्त सभाको आयोजना गरिएको हो। वडा अध्यक्ष सुरेश वाइबाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा गाउँपालिका उपाध्यक्ष सीता माया चोदेन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सभामा वडाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटका विषयमा गहन छलफल भएको थियो। सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष वाईबाले वडावासीको भावना र आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने प्रतिवद्धता जनाउनुभयो। उहाँले जनतामुखी प्रशासन र पारदर्शी कार्यशैली अपनाएर वडालाई समृद्ध बनाउने अभियानमा सम्पूर्ण जनप्रतिनिधि र स्थानीय बासिन्दाको साथ आवश्यक रहेको कुरामा जोड दिनुभयो।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा विगतका योजनाहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा वडाको चौतर्फी विकासका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत पारित गरिएको छ।
