चौतारा मा.वि.का SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई बधाई तथा सम्मान


  • दिव्यदर्शन
  • शुक्रबार, असार २० २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ ले आफ्नो वडामा रहेको चौतारा माध्यमिक विद्यालयबाट एस.ई.इ मा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरू तथा विषयगत शिक्षकहरूलाई बधाई तथा सम्मान गरेको छ ।

आज एक बिशेष कार्यक्रमको आयोजना गरी वडाले विद्यालयको शैक्षिक क्षेत्रको प्रगतिप्रति योगदान दिने विद्यार्थी र शिक्षकहरूको मनोबल उच्च बनाउन एस.ई.ई.मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई फोटोसहितको मायाको चिनो प्रदान गरि खादाद्धारा सम्मान गरिएको वडा अध्यक्ष सुरेश वाईबा तामाङले जानकारी दिनुभयो । मायाको चिनोमा उनीहरूको नाम, प्राप्त ग्रेड, र स्कूलको लोगो समावेश गरिएको थियो, जसले उनीहरूको मेहनत र उपलब्धिलाई सधैँका लागि स्मरणीय बनाउने विश्वास व्यक्त गरिएको छ ।


त्यस्तै, विषयगत रूपमा उत्कृष्ठ नतिजा दिलाउन सफल शिक्षकहरूलाई “सम्मानपत्र” प्रदान गरिएको छ । सम्मानपत्रमा उनीहरूको योगदान, विषयगत नतिजा र विद्यालयप्रतिको समर्पणको उल्लेख गरिएको थियो।गाउँपालिकाका तर्फबाट विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, प्रविधि र शिक्षक तालिमका लागि सहयोग जारी रहने प्रतिबद्धता जनाएको छ ।यस बर्ष समग्र एस.ई.ई.को नतिजामा नेत्रावती डबजोङ धादिङ जिल्लामै प्रथम बन्न समेत सफल भएको छ । कार्यक्रमको सभापतित्व वडा नं. ३ का वडा अध्यक्ष सुरेश वाइबाले गर्नु भएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीतामाया चोदेन,छिमेकी गाउँपालिका खनियाबासका अध्यक्ष रण बहादुर तामाङ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह,शिक्षा शाखा प्रमुख सुशिला ङ्याजो,अन्य अतिथिहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय अभिभावक, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web