धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिकामा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई स्कुल ब्याग र ट्रयाक सुट वितरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत हरेराम साह तथा सम्पूर्ण वडाका वडा अध्यक्षहरूको उपस्थितिमा गैरा आधारभूत विद्यालय, कुण्डलादेवी माध्यमिक विद्यालय, कन्यादेवी आधारभूत विद्यालय, नारायणीदेवी आधारभूत विद्यालय, महेन्द्र बाराही माध्यमिक विद्यालय, मार्पाक पोखरा आधारभूत विद्यालय, शान्तिकाली आधारभूत विद्यालय, ज्ञानोदय आधारभूत विद्यालय, घोर्मु बाल विकास केन्द्र र बालज्योति बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरूलाई सो सामग्री वितरण गरिएको हो।

विद्यालयका ECD तहदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई ट्रयाक सुट तथा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई स्कुल झोला प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अध्यक्ष रिजालले यस किसिमका कार्यक्रमहरूले बालबालिकामा शिक्षाप्रतिको आकर्षण र अभिभावकमाझ शिक्षा प्रतिको विश्वास बढाउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले यस अभियानलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन सबै तहका सरोकारवालाहरूसँग सहकार्य गरिने बताउनुभयो।कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

