थाक्रेमा मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगिता,भोजकुमारी मा.वि.का रमिला बिडारी प्रथम-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, जेष्ठ २३ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
थाक्रे गाउँपालिकामा विश्व वातावरण दिवसको अवसरमा “विकास र वातावरण सन्तुलनमा हाम्रो भुमिका” विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा पालिकाभरका १३ वटा माध्यमिक विद्यालयका २३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।


।वक्तृत्व कला प्रतियोगितामा केवलपुर हरिहर भोजकुमारी मा.वि.मा अध्ययनरत विद्यार्थी रमिला बिडारी प्रथम,सरस्वती चिल्ड्रेन पार्क अंग्रेजी मिडियम स्कुलमा अध्ययरत विद्यार्थी सुदिश्रा सुबेदी द्धितिय, जनजागृति मा.वि.का प्रतिमा घलान तृतीय र ज्योति मा.वि.का प्रदिप कुवर तथा ब्लुमिङ लोटस् अंग्रेजी मा.वि.का एलिस्का आले सान्त्वना भएको शिक्षा शाखा प्रमुख दुर्गा देवी खड्काले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सी., शिक्षा शाखा प्रमुख दुर्गा देवी खड्का र विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web