भोली शनिबार धादिङमा विद्युत सेवा अवरुद्ध हुने-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, फाल्गुन ३० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले भोली चैत्र २ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने सुचना जारी गरेको छ । देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन हुदै धादिङवेशी–जरे– सल्यानटार आएको ३३ के.मि. प्रसारण लाईन अन्तर्गत बेलकोटगढी नगरपालिकामा पोल थप तथा लाईन मर्मत सुधार कार्य हुने भएको भोली शनिबार विहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।सुचनामा धादिङ सवस्टेशन, सल्यानटार सवस्टेशन र जरे सवस्टेशनबाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, गल्छि गाउँपालिका, गंगाजमुना गाउँपालिका केहि स्थान र गोर्खा जिल्लाको आरुघाट फिडर अन्तर्गका स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने उल्लेख गरिएको छ ।साथै कार्य निर्धारित समय भन्दा अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै वा तोकिएको समयमा कार्य सम्पन्न हुन नसके केही समय पछाडी लाईन सुचारु हुने समेत सुचना मार्फत जानकारी दिएको छ ।

यस्तो छ सूचनाः

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web