नेत्रावती डबजोङ २ धाराधिरीमा भोलि माघ २६ गते बृहत ल्होछार कार्यक्रम हुने-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, माघ २५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं. २ धाराधिरीमा भोलि माघ २६ गते शनिबार बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।२८६१ औँ डुल ल्हो (पुख्री) वर्गको अवसरमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं.२ को आयोजनामा हुने कार्यक्रममा बागमती प्रदेश सरकारको मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहनेछ ।कार्यक्रममा गायक यूबि मोङग्रेसा,कृति तामाङ,गायिका मनमाया वाईबा,रितु तामाङ र मोडल तथा निर्देशक सुनिता वाईबा लगायतका चर्चित कलाकारहरुको प्रस्तुती रहने वडा नं.२ का वडाध्यक्ष मिन बहादुर तामाङले जानकारी दिनुभएको छ ।कार्यक्रम बिहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web