
धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ गैरा वातीपाङमा सोनाम ल्होसार २८६१ औँ डुल ल्हो (पुख्री) वर्गको अवसरमा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।शास्त्र हराए संस्कार हराउँछः संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने नाराका साथ यहि माघ २२ गते मंगलबार सोनाम ल्होसार साँस्कृतिक कार्यक्रम हुने भएको हो ।छार वाका राहा युवा क्लबको आयोजनामा हुने कार्यक्रममा नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष एबम् नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहनेछ ।कार्यक्रममा गायक यूबि मोङग्रेसा,लेक योन्जन,चन्द्रमान वाईबा,नुर तामाङ,गायिका सबिना तामाङ,कलाकार तथा मोडल धुरब्रेब मम्बा र मोडेल तथा निर्देशक सुनिता वाईबा र जोन राईको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।कार्यक्रम दिउँसो १ बजेबाट सुरु हुने आयोजक समितीबाट सुक बहादुर तामाङले दिब्यदर्शन टेलिभिजनलाई जानकारी दिनुभएको छ ।
