आयाम इङलिस स्कुलको १४ औँ खेल उत्सव सम्पन्न


  • दिव्यदर्शन
  • शुक्रबार, माघ ११ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ११ माघ ।

सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलको १४ औँ खेल उत्सव सम्पन्न भएको छ ।

विद्यालयको वार्षिक कार्यतालिका अनुसार आईतबारदेखी सुरु भएको १४ औँ खेल उत्सव–२०८१ आज बिहिबार सम्पन्न भएको हो ।

उत्सवको दोस्रो दिन छात्र÷छात्राको रिले रेस, १०० मि, २०० मि रेस, ज्याभ्लिन थ्रो, फुटबल खेलहरु सम्पन्न भएको थियो भने तेस्रो दिन छात्र÷छात्राको बेलुन रेस, स्पोन रेस, बल रेस, फ्रग रेस, चकलेट रेस सम्पन्न भएको थियो ।

त्यस्तै चौथो दिन हाईजम्प, लङजम्प, सटपुट, ज्याभ्लिन थ्रो सम्पन्न भएको थियो भने अन्तिम दिन बिहिबार प्रि प्राईमरीकोको कबड्डी, बेलुन रेस सम्पन्न भएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।

खेल उत्सवमा विभिन्न विधा गरेर ४८ खेलमा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराईएको व्यवस्थापक अर्यालले बताउनुभयो । बिजेता खेलाडीहरुलाई सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, वडा नं १ का वडाध्यक्ष पेमा लामाले पुरस्कार वितरण गर्नुभएको अर्यालले बताउनुभयो ।

उत्सवको आईतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web