
धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकामा कृतिम अभ्यास कार्यक्रम भएको छ।प्रयास नेपाल र चाइल्डफन्ड जापानको साझेदारी साथै बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना सेफ लागु भएका वडाका विभिन्न विद्यालयमा सुरक्षासम्बन्धि कृतिम अभ्यास गरिएको परियोजना प्रबन्धक सन्तोष सत्यालले बताउनु भयो ।बेनीघाट रोराङ गाउपालिकाको वडा नम्बर ६,८ र १० को माध्यमिक विद्यालयहरुमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा विद्यार्थीहरुले कृतिम अभ्यासमा अभिनय गरेर सचेतना जागरीत गराएको छ । उक्त कार्यक्रमले आपत विपतको समयमा कसरी सुरक्षित रहन सकिन्छ, घटना घटेमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने सूचना सबै सहभागीहरुमा पुगेकोले आगामी दिनहरुमा सम्यमित हुन घच्घच्याएको सहभागीहरुले बताएका छन् ।कार्यक्रममा वडा कार्यालयका प्रतिनिधीहरु,विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको र प्रत्येक विद्यालयका २०० जना भन्दा बढीले उक्त कार्यक्रम अवलोकन गरेका छन।