
चितवन ।
चितवनमा युवकलाई कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन् ।असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए । सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । घटना पुस १५ गतेको हो । राति ११ बजे भरतपुर महानगरपालिका–११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा भएको खुलेको छ ।डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको प्रहरीले जनाएको छ । तर युवकले कतै पनि उजुरी दिएका छैनन् । उनी सम्पर्कमा समेत नआएको प्रहरीको भनाई छ । तर प्रहरीले आन्तरिक रुपमा अनुसन्धान थालेको हो ।भुजेलले रातको समयमा ति युवालाई निर्घात हुने गरी लात्ताले हानेको भिडिओ भाइरल छ । भिडिओमा ड्युटीमा भुजेलले कोलाई फोन गर्ने पावर देखाको हँ भन्दै युवकतिर गएर कुटेको देखिन्छ । युवक ‘होइन दाइ’ भन्दै भाग्न खोज्छन् । २४ सेकेन्डको भिडिओमा लगभग १५ सेकेन्ड जति ती युवकले पिटाई खाइरहेको देखिन्छ । त्यो भिडियो आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
source:nepalpath