धादिङ । माघ ६
खनियाबास गाउँपालिका वडा नं.१ मा बिद्युत सर्ट भई एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।शनिबार बेलुका करिब ९ बजेतिर खनियाबास १ का वडा सदस्य तथा गाउँपालिका कार्यपालिका सदस्य फ्लिक्च तामाङको घरमा आगलागि भएको स्थानिय मनिस तामाङले दिब्यदर्शन टेलिभिजनलाई जानकारी दिनुभयो ।आगलागिबाट अन्नबाली,लत्ताकपडा,भाडाकुडा र ४ वटा बुङगुरका बच्चासमेत जलेको छ । साथै छिमेकीको धनसार,घर ढलान र जस्तापातामा समेत क्षति पुगेको छ । पिडितलाई राहतका निम्ति सम्बन्धित पक्षले ध्यान दिई यो दुखद घटनाको सामना गर्न सक्षम बनाउन स्थानियहरुको आग्रह छ ।
Pic:Manish Tamang


