यहि माघ १ गते नेत्रावती डबजोङ २ पुख्रिमा सोनाम ल्होछार कार्यक्रम हुँदै(कलाकारको नामसहित)


  • दिव्यदर्शन
  • बिहिबार, पुष २५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.२ मार्पाक पुख्रिमा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने भएको छ ।सुकेला प्रगतिशिल युवा क्लबको आयोजनामा यहि माघ १ गते मञ्जुश्री संवत् २८६१ औं डुल ल्हो सोनाम ल्होछार तथा शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको हो । संविधान सभा सदस्य विर बहादुर तामाङ (चम्पासिंह) को प्रमुख आतिथ्यता, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल र उपाध्यक्ष सिता चोदेनको विशेष अतिथ्यतामा संचालन हुने कार्यक्रममा चर्चित बाल गायक राजेश परियार, चर्चित म्हेन्दोमाया कलाकार सन्दीप स्याम्चेन, चर्चित लोक गायिका सञ्जु लामा,मोडल तथा गायक रितु वाईबाको बिशेष प्रस्तुती रहने आयोजक समिति संयोजक रबि तामाङले जानकारी दिनुभएको छ । साथै गोरु जुदाई कार्यक्रम पनि हुने र साथमा स्थानिय म्हेन्दोमाया नृत्य प्रस्तुती रहने आयोजकका तर्फबाट आईतराम तामाङले बताउनुभएकोे छ । ल्होछार सफलताका लागि स्थानिय समाजसेबीहरुले बिभिन्न ठाउँबाट सहयोग गर्नुहुने सम्पूर्णमा आयोजक समितीले हार्दिक आभारसमेत प्रकट गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web