धादिङ/भदौ ११
जिल्ला सदरमुकाम धादिङबेशीमा अवस्थित धादिङ जिल्ला अस्पतालमा मेमोग्राम सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले आज एक कार्यक्रमकाबिच धादिङ अस्पताललाई मेसिन हस्तान्तरण गरि जिल्लामै पहिलो पटक स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ)का लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सेवा सञ्चालन गरिएको हो।बागमती प्रदेशको स्वास्थ्य आपुर्ती केन्द्रबाट करिव ३ महिना अघि प्राप्त गरेको मेमोग्राम मेसिन जडान, हस्तान्तरण र बिशेषज्ञ चिकित्सक ब्यवस्थापन हुन नसक्दा सेवा सुभारम्भमा ढिलाई भएको थियो । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौं लाख ६१ हजार मूल्य बराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण गरिएको हो । आज मंगलबारबाट सुरु भएको मेमोग्राम सेवा नियमित रुपमा संचालन हुने धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले बताउनुभयो । हाल धादिङ अस्पतालबाट दोस्रो र चौथो शनिबार नियमित रुपमा बिशेषज्ञ चिकित्सक सहित मेमोग्राम सेवा संचालन गर्ने र अन्य दिन आकस्मिक रुपमा मात्रै सेवा सुचारुको तयारी गरिएको छ ।बिशेष गरी महिलाहरुमा खानपान,जीवन शैली र वंशाणुगत लगाएतका बिबिध कारणले साउथ एसिएन कन्ट्रिहरुमा स्तन क्यान्सरको समस्या धेरै देखिने गरेको र क्यान्सर भएपछि सर्जरीहरु गर्नुपर्ने, कतिपयको मृत्यू समेत हुने गरेकोमा यसको रोकथामका लागी समयमै स्क्यानिङ गरि पत्ता लगाउन मेमोग्राम मेसिनको प्रयोग गर्ने गरिएको निमित्त निर्देशक अधिकारीले बताउनुभयो । उहाँले ४० बर्ष कटेका सम्पूर्ण महिलाहरुले मेमोग्रामबाट एकपटक परिक्षण गर्न आवश्यक रहेको समेत बताउनुभयो । क्यान्सरको प्रारम्भीक चरण मेमोग्राम परिक्षण बाट थाहा हुनेछ ।२०८० साल पौष ३ गते देखि १०० वेडको अस्पतालमा स्तरउन्नती भएको धादिङ अस्पतालले हाल बिभिन्न बिशेषज्ञ सेवा संचालन गरिरहेको छ । हाल धादिङ अस्पतालले जनशक्ति अभाव, भौतिक पुर्वाधारको कमी, पुराना सामाग्रीहरुको लिलामीमा समस्या र अनियमित विद्युत सेवाको समस्या झेल्दै आएको छ ।पछिल्लो समय बिशेषज्ञ चिकित्सकद्धारा प्रभावकारी सेवा संचालन गर्न सफल भएको धादिङ अस्पतालबाट आगामी दिनमा धादिङबासीले सिटी स्क्यान, ईन्डेसकोपी र पाठेघरको क्यान्सर परिक्षण लगाएतका सेवाहरु बिस्तार हुनुपर्ने अपेक्षा राखेका छन् ।स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ’, अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले भन्नुभयो– ’रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर स्तनको चित्र लिन सकिन्छ ।’ स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाउनेछन् ।धादिङमा सेवा सुरु भएसङ्गै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परिक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सय भन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।
मेमोग्राम के हो? कसरी गरिन्छ?
स्तनको टिस्यूजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्नको लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ ।यो स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि हो । रेडियोग्राफर टेक्नोलोजिष्टले स्तन दबाएर कम से कम दुई एंगलबाट स्तनको चित्र लिने गर्दछन्। नियमित चिकित्सकीय परीक्षणद्वारा स्तन क्यान्सरको सुरुवाती निदान गर्न मेमोग्राम अति नै आवश्यक हुन्छ।
कसरी गरिन्छ?
१.मेमोग्राफी स्तनको एक्स–रे परीक्षण हो। यसमा कम शक्तिको एक्स–रे प्रयोग हुन्छ। एक्स–रे विकिरणको मात्रा कम हुने भएकाले विकिरण जोखिम पनि न्यून हुन्छ।
२.मेमोग्राफी स्तनका बिरामीका अलावा स्वस्थ निरोगी महिलाको नियमित स्वास्थ्य परीक्षण ९स्क्रिनिङ०का लागि पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
३. स्तनमा गिर्खा वा पीडा महसुस गरेर पत्ता लगाउन नसकिने अवस्थाको स्तन क्यान्सरसमेत मेमोग्राफीमार्फत पत्ता लगाउन सकिने भएकाले स्तन क्यान्सरको समयमै निदान गरी उचित उपचारको लागि यो परीक्षण अत्यन्त महत्वपूर्ण छ।
४. स्तनमा डल्ला, गिर्खा, गाँठागुठी वा पीडा महसुस भएमा, स्तनको रंङमा परिवर्तन देखिएमा तुरुन्त सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
५. ४० वर्ष उमेर कटेका महिलामा स्तन क्यान्सरको जोखिम बढी हुने भएकाले वर्षमा एकपटक नियमित मेमोग्राफी गराई मेमोग्राफीको तस्बिर र रिपोर्ट सुरक्षित जम्मा गरीराख्नु फाइदाजनक हुन्छ।
६. स्तन क्यान्सर तथा स्तनसम्बन्धी समस्याको पारिवारिक वा वंशाणुगत पृष्ठभूमि भएका महिलाले सम्बन्धित चिकित्सकसँग परामर्श लिई मेमोग्राफी गराउनु पर्दछ।
७. मेमोग्राफीमा एक्स–रे विकिरण प्रयोग हुने भएकाले सकेसम्म गर्भावस्थामा यो परीक्षण गराउनु हुँदैन। यो परीक्षण गराउँदा छातीका सम्पूर्ण कपडा तथा गरगहना निकाल्नुपर्ने हुँदा सजिलै खोल्न र लगाउन मिल्ने लुगा लगाएर जाँदा सहज हुन्छ।
८. पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ। आवश्यक परेमा पुरुषको पनि मेमोग्राफी गर्ने गरिन्छ।
source:anilachhami