
धादिङ/भदौ ८
धादिङको सिद्धलेक गाउँपालिका वडा नं. १ निवासी वेद कुमारी भट्टले आफ्नो ९० औँ जन्मोत्सवको अवसर पारेर धादिङबेशीस्थित आमाको माया छात्राबासका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ ।उहाँले जन्मोत्सवमा केक र भोजभतेर निरुत्साहित गर्दै असहाय बालबालिकाहरुलाई सहयोग गरि सामाजिक कार्यमा संग्लन्न हुँदै आफ्नो जन्मोत्सव आमाको माया छात्राबासका बालबालिकासंग मनाउनु भएको हो । उहाँले अष्टचिरन्जिवीको पुजापाठ गर्दै छात्राबासमा जन्मोत्सव मनाउने बिधि प्रयोग गरि आफ्नो जन्मोत्सव मनाउनु भएको छ ।जन्मोत्सवको अवसरमा भट्टले करिव १५ हजार बराबरको बालबालिकाहरुलाई आवश्यक पर्ने चामाल,दाल,नुन,तेल,मसला,साबुन,मन्जन लगाएतका सामाग्री हस्तान्तरण गर्नु भएको हो । आमाको माया छात्राबासमा आई बालबालिकालाई सहयोगका साथ जन्मोत्सव मनाई दिनुभएकोमा छात्राबासका ब्यवस्थापन समितिका सचिव राजेन्द्र राना मगरले वेद कुमारी भट्टलाई धन्यावाद प्रकट गर्नु भएको छ । उहाँले यस किसिमको सहयोगले बालबालिकाहरुलाई थोरै भएपनि राहत मिलेको बताउनु भयो । सहयोग समाग्री हस्तान्तरण समारोहमा वेद कुमारी भट्टका छोरा,बुहारी र छोरीको समेत उपस्थिति रहेको थियो ।पछिल्लो समय आमाको माया छात्राबासमा बिभिन्न ब्यक्तिहरुले जन्मदिन तथा बिभिन्न उत्सवहरु पारेर असाहय बालबालिकाहरुलाई सहयोग गर्दै आएका छन् । आमाको माया छात्राबासमा हाल २५ जना असहाय बालबालिका बस्दै आएका छात्राबास ब्यवस्थापन समितिका सदस्य कृष्ण बहादुर पौडेलले बताउनु भयो ।
source:neelkanthafm