नागढुंगा–नौबिसे सडक खण्ड दुई दिन रातको समयमा मात्रै बन्द हुने


  • दिव्यदर्शन
  • बुधबार, असार २० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
राजधानी काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ ।त्यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ ।यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ । काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के–सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web