धादिङ,सुरेश लोप्चन
एउटा एस्तो ब्यक्ति जसको नाम नलिई प्रशंसा नगरी मेरो यो मनले मान्दै मानेनन् ।जुन व्यक्तिको आवाजलाई मन नपराउने मान्छे सायद कमै होलान् सानै उमेरमा लाखौं दर्शकको मनमुटुमा बस्न सफल ,ती ब्यक्ति हुन् कर्णाली प्रदेशको दैलेख जिल्ला ठाँटिकाँध गाउँपालिका वडा नम्बर ४ स्थित गैरागाँउमा बुबा राम बहादुर सिजापती र आमा चन्द्रकला सिजापतिको कोख बाट मिति २०६३ साल भदौ ४ गते यस धर्तीमा पाईला टेकेका थिए किसन सिजापतीले,भने वहाँ को तीन दाजुभाई र एक दिदी रहेका छन् भने किसन सिजापती कान्छा सन्तान हुन् । सानै देखि चन्चले स्वभावका किसन सिजापतिको अध्ययन गाउँकै स्कुल बाट सुरु भएका थिए । बच्चैदेखि गीत गाउन माहिर किसनले गाउँ घर, बन पाखा अनि स्कुल तिर गीत गाएर मनोरञ्जन प्रदान गरिरहन्थे। गीत गाउन साह्रै रुचि राख्ने किसनको पछि गएर ठूलो गायक बन्ने सपना रहेका छन्। गायक बन्नकै लागि गाउँमा अध्ययन गर्दागर्दै दाईहरु सङ्ग सुर्खेत भागेर गएका किसन सिजापती सुर्खेतमा पुगेपछी गाउँकै एकजना दाईले एकदिन सामाजिक संजालको टिकटकमा किसनले गीत गाएको भिडियो सार्बजनिक गराएपछी एक्कासि किसनको चारैतिर चर्चा हुन थाले र त्यसै बिचमा चुलबुले मिडियाले अन्तर्वार्ता लिए अनि किसन सिजापतीलाई गीत गाउन काठमाडौबाट वरिष्ठ लोक गायक मानसिङ्ग खड्का ज्युले बोलाउनु भयो अनि किसन सिजापती गीत गाउन काठमाडौ तिर लागियो र मानसिङ खड्का सङ्गै बसेर किसन सिजापतिले आफ्नो गीत संगीतको यात्रालाई सुरुवात गरे ।लगभग ३०० भन्दा बढि लाईभ दोहोरी गाएका किसनले आफ्नो ओर्जिनल गीतहरु पनि धेरै गाइसकेका छन् भने गीत संगीत सङ्गसंगै आफ्नो पढाईलाई पनि निरन्तरता दिइरहेका छन्ला ।लाखौं दर्शकको मनमुटुमा बसिसकेका किसनले पछिल्लो चरणमा स्टेज कार्यक्रम हरुमा पनि धमका मच्चाईरहेका छन् । र अबको केही समय पछि नयाँ गीतहरु पनि रेकर्डिङ हुने तयारीमा छन् । कर्णालीका सान् मात्रै नभएर सिङ्गो नेपालको सान बनाउनको लागि सम्पुर्ण शुभचिन्तकज्युहरुमा किसन सिजापती भाईलाई साथ सपोर्ट अनि माया गरिदिनु हुनको लागि विनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु धन्यवाद । कलाकार राष्ट्रका गहना हुनू हामिले माया अनि सम्मान गर्नु पर्दछ भन्ने मुल नारालाई अंगाल्दै कर्णालीको माटोमा उम्रीएको यो फुललाई तपाईं हामी सबैले मलजल गरि माया गर्दिनु होला ।