चुनाव प्रचारको क्रममा लडेर वृद्धको मृत्यु


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १९ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

प्युठान,वैशाख १९ । प्युठानको नौबहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर एक वृद्धको घटनास्थलमै ज्यान गएको छ । स्थानीय तह निर्वाचनको प्रचारमा हिँडेका लिघा सिरिवाङ निवासी ५६ बर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाहनेका प्रहरी निरिक्षक भानुभक्त अर्यालले जानकारी दिनुभयो ।

आइतबार कांग्रेस, माओबादि केन्द्र र एकीकृत समाजबादी सहितको गठवन्धन टोलीसँग मगर गाउँमा भोट माग्न जानुभएको थियो । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुनुहुन्छ ।

गाउँमा घरदैलो गरि फर्किने क्रममा मगरको फाउने पोखरी नजिकैको भीरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका हुन । यस सम्बन्धमा आवास्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web