प्रदेश नं. १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न,के के भयो निर्णय


  • दिव्यदर्शन
  • शनिबार, बैशाख १७ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

विराटनगर,वैशाख १७ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज शनिबार बसेको बैठकले केही बाधाअड्काउ फुकाउने लगायतका निर्णयहरू गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुल्ने छ ।

यसैगरी किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ जारी पछि विद्यालयलक्षित किशोरी सशक्तिकरण कार्यक्रम अघि बढ्ने प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री घिमिरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web