स्थानीय निर्वाचनमा नुवाकोटका छ पत्रकार, सदस्यता खारेजीमा


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख १६ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

विदुर,वैशाख १६ । आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा नुवाकोटका सक्रिय छ जना पत्रकारहरु सहभागी हुदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटकोअनुसार उम्मेदवार पत्रकारले उपमेयरदेखि महिला सदस्यसम्म पत्रकारले आफ्नो उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा एक पुरुष र पाँच महिला पत्रकार रहेका छन्।

विदुर नगरपालिकाको उपमेयर पदमा प्रभा बोगटीले उम्मेदारी दर्ता गरेकी थिईन्। ३४ वर्षीया बोगटीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फको संयुक्त गठबन्धनबाट उपमेयर आफ्नो उम्मेदवारी दिएकी थिईन् । बोगटी प्रेस सेन्टरको केन्द्रीय सचिव समेत रहेकी थिईन् । उनको मनोयनपत्र दर्ता नम्बर ८ रहेको छ ।

नेपाल पत्रकार महासंघ लेखा समितिका सदस्य तथा त्रिशुली प्रवाहका कार्यकारी सम्पादक विष्णुप्रसाद जम्कटेल ‘तारुके’ ले तारकेश्वर गाउँपालिकाबाट खुला सदस्य पदमा आफ्नो नाम दर्ता गराएका थिए । ३९ वर्षीय तारुकेले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दिएका हुन्। तारकेश्वरको अध्यक्ष पदका रमेश वस्तीलाई एकलौटी रुपमा टिकट दिइएपछि तारुकेले बागी समेत उम्मेद्वारी दिएका थिए । तारुकेको मनोयनपत्र दर्ता नम्बर ३ रहेको छ ।

तारकेश्वर गाउँपालिकाकै वडा नम्बर १ बाट नेपाल पत्रकार महासंघ नुवाकोटकी पूर्व महिला उपाध्यक्ष तथा मिक्स एफएमका स्टेशन म्यानेजर रुपा अर्यालले महिला सदस्य पदमा आफ्नो उम्मेदवारी दिएकी थिईन् । ३० वर्षिया अर्यालले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट नाम दर्ता गरेकी हुन् । अर्यालको मनोयनपत्र दर्ता नम्बर ७० रहेको छ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ७ बाट रेडियो सञ्जिवनीकी स्टेशन म्यानेजर गमला लामाले महिला सदस्य पदमा आफ्नो उम्मेदवारी दिएकी थिईन् । २५ वर्षीया लामाले नेपाली काँग्रेसको तर्फबाट नाम दर्ता गरेकी हुन् । लामाको मनोयनपत्र दर्ता नम्बर ७६ रहेको छ।

ईमेज साप्ताहिकका सम्पादक शर्मिला उप्रेती खनालले तादी गाउँपालिका वडा नम्बर ५ बाट महिला सदस्य पदमा आफ्नो उम्मेदवारी दिएकी थिईन् । ३५ वर्षीया लामाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट नाम दर्ता गरेकी हुन् । थापाको मनोयनपत्र दर्ता नम्बर २ रहेको छ। थापा नेपाल पत्रकार महासंघ नुवाकोटकी महिला सदस्य समेत हुन् ।

ईमेज साप्ताहिककै प्रमुख समाचारदाता प्रितिका थापाले तादी गाउँपालिका वडा नम्बर ४ बाट महिला सदस्य पदमा आफ्नो उम्मेदवारी दिएकी थिईन् । २१ वर्षीया लामाले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट नाम दर्ता गरेकी हुन् । उनको मनोयनपत्र दर्ता नम्बर २ रहेको छ। थापा नेपाल पत्रकार महासंघ नुवाकोटकी महिला सदस्य समेत हुन् ।

नेपाल पत्रकार महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने प्रावधान रहेको छ । वैशाख ८ गते महासंघका महासचिव रोसन पुरीद्वारा जारी गरेको विज्ञप्तिमा महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका उम्मेदवार र प्रतिनिधि बनिरहेको प्रति ध्यानाकर्षण भएको जनाए थियो । महासंघले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेले महासंघको सदस्यता त्याग्न निर्देशन दिएको थियो ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७६) ले महासंघको केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले पदमा बहाल रहेसम्म कुनै पनि राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही कार्य कार्य गर्न नपाउने उल्लेख गरिएको छ । त्यसरी राजनीतिक दलको उम्मेदवार बनेका पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्ने छ । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web