यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक : अध्यक्ष प्रचण्ड


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख १६ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १६। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताएका छन् ।

बिहीवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताए ।

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रीत गर्न सकिने भन्दै उनले यसको निम्ति आफुले ध्यान केन्द्रीत गर्ने बताए । उनले सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रीत गराउने उल्लेख गरे । 

अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको पनि बताए  ।  गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने उनको भनाइ छ । यसको लागि नीतिगत निर्णय गरेर कार्यान्वयन गराउने सम्बन्धमा शुक्रवार बिहान बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उनले बताए ।

उनले यातायात व्यवसायी, यातायात मजदूर र राज्य तीन ओटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web