काठमाडौं,वैशाख १३ । शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा भीषण आगलागी भएको छ । काठमाडौं परिसरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुदीप गिरीका अनुसार निकुञ्जको तारेभीर क्षेत्रमा आगलागी भएको हो ।
उनका अनुसार आगलागी नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ । आगो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ भने दमकल र ट्याङ्कर पनि परिचालन गरिएको छ ।
‘‘सोमबार राति पनि तारेभीर क्षेत्रमा आगलागी भएको थियो । प्रहरी र सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।’’ उहाँले भन्नुभयो, ‘‘तर, फेरि आगो लागेको छ । बास्तीमा आगो नफलियोस् भन्ने छ । अहिले आगो कसरी नियन्त्रणमा लिने भनेर इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको छ ।’’