नुवाकोट दुप्चेश्वरका काङ्ग्रेस नेता तामाङले हेलिकप्टरबाट एमाले अध्यक्षको टिकट ल्याएपछि..


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १२ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख १२ । नुवाकोटको दुप्चेश्वरमा चुनाबको सरगर्मी फिल्मी शैलिमा बढेको छ ।

५ वर्ष जनप्रतिनिधि बनेर ग्रामीण बस्तीमा सेवा गरेका हक्की स्वभावका योविन्द्रसिंह तामाङले काङ्ग्रेस पार्टी परित्याग गरि एमालेबाट अध्यक्ष पदमा लड्न टिकट हेलिकप्टर मार्फत ल्याएका छन् । यद्यपि मनोनयनका लागि समय कम भएकाले हेलिकप्टर प्रयोग गरेको बुझिएको छ ।

तामाङले आजै एमालेबाट मनोनयन समेत गराएका छन् । काङ्ग्रेस नेतृत्वले सुदुर बस्तीमा विकास निर्माणका काम बाकी नै भएकाले एक पटक टिकट दिन नेतृत्वसामु तामाङले अनुरोध गरेका थिए ।

तामाङलाई काङ्ग्रेस नेतृत्वले टिकटमा चित्त दुखाएपछि काङ्ग्रेस पार्टी परित्याग गरि एमाले केन्द्रिय तहबाटै टिकट ल्याएका हुन । तामाङ संगै झन्डै आधा दर्जन स्थानीय नेता एमालेमा प्रवेश समेत गरेका छन् ।

उता नेपाली काङ्ग्रेसका पुर्णबहादुर तामाङले टिकट पाएपनी काङ्ग्रेसको जीत हुने काङ्ग्रेसका एक नेताले बताएका छन् । त्यस्तै उपाध्यक्ष पदमा अञ्जु आचार्यले टिकट पाएका छन् । नेतृ आचार्यले चुनाव जनभावना र माग अनुरुप नेपाली काङ्ग्रेसबाटै लड्ने बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web